काठमाडौँ। पूर्व प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली रिहा भएका छन् । जेनजी आन्दोलनमा दमन गरेको आरोपमा पक्राउ परेका ओली १३ दिन पछी रिहा भएका हुन्।
स्वस्थ्य अवस्था जटिल रहेका कारण उनलाई त्रिवि शिक्षण अस्पतालमानै राखिएको थियो। बिहिबार उनलाई अस्पतालमै परिवारको जिम्मा लगाइएको जिल्ला प्रहरी परिसर काठमाडौंले जनाएको छ। बाँकी निर्णय उनको स्वास्थ्य अवस्था हेरेर चिकित्सकले गर्ने प्रहरीको भनाइ छ ।
त्यसलगत्तै ओलीकी पत्नी राधिका गैरकानूनी हिरासतमा राखिएको भन्दै सर्वोच्च अदालतमा बन्दीप्रत्यक्षीकरणको निवेदन दिएकी थिइन् ।सर्वोच्चले बिहीबारसम्म पनि अनुसन्धान टुंगिन नसकेमा शर्तसहित छाड्न आदेश दिएको थियो।
प्रहरीले पनि नियन्त्रणमुक्त गरेपछि ओलीलाई लिन उनकी पत्नी राधिका शाक्य त्रिवि शिक्षण अस्पताल पुगेकी छन् ।
Bullion Market
Vegetable Price
Forex Rate
NEPSE
Bank Interest (Loan)
Bank Interest (Deposit)
Preeti to Unicode

प्रतिक्रिया दिनुहोस्