Skip to content

उद्योगमन्त्रीमा गौरीकुमारी यादव र श्रममन्त्रीमा रामजी यादव नियुक्त

nmb bank inside

काठमाडौँ। उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रीमा गौरीकुमारी यादव र श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रीमा रामजी यादव नियुक्त भएका छन् ।नवनियुक्त दुवै मन्त्री राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद हुन् ।

उनीहरूले आजै राष्ट्रपति भवनमा आयोजित एक समारोहबीच राष्ट्रपतिसमक्ष पद तथा गोपनीयताको शपथलिने कार्यक्रम रहेको छ ।प्रधानमन्त्री शाहले हिजो श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री दीपककुमार साहलाई पदीय मर्यादाको दुरुपयोग गरेको भन्दै पदमुक्त गरेका थिए।

उद्योग मन्त्रालय सरकार गठन गरेदेखि नै प्रधानमन्त्री शाहले आफैँ राखेका थिए। यसबाहेक प्रधानमन्त्री शाहले रक्षा मन्त्रालय पनि आफैँ सम्हाल्दै आएका छन्।

dish home inside

arrow प्रतिक्रिया दिनुहोस्