Skip to content

आगामी तीन दिन देशभरका अधिकांश नदीहरूको बहाव सामान्य रहने

nmb bank inside

काठमाडौं । जल तथा ऊर्जा आयोगको सचिवालय अन्तर्गतको बाढी पूर्वानुमान महाशाखाले आगामी तीन दिन देशभरका साना तथा ठूला अधिकांश नदीहरूमा पानीको बहाव सामान्य रहने जनाएको छ । मंगलबार पूर्वानुमान महाशाखाले जारी गरेको बुलेटिन अनुसार असोज १३ देखि १५ गते सम्म देशभरका अधिकांश साना नदीहरूमा पानीको बहाव सामान्य रहने अनुमान गरिएको हो ।

कोशी, नारायनणी, कर्णाली, महाकाली, कन्काई, कमला, वाग्मती, पूर्वराप्ती, तिनाउ, बाणगँगाा, पश्चिम राप्ती र बबईको पानीको बहाव सामान्य घटवढ रहेको छ ।

पूर्वानुमान महाशाखाले जारी गरेको पछिल्लो बाढी पूर्वानुमान बुलेटिन अनुसार कोशी, नारायणी, बागमती, कर्णाली, महाकाली र यिनका सहायक नदीहरूका साथै कन्काई, कमला, बबई, पूर्वी राप्ती र पश्चिम राप्ती नदीमा बहाव सतर्कता तहभन्दा तल रहेको उल्लेख गरेको छ ।

dish home inside

Arrow प्रतिक्रिया दिनुहोस्