Skip to content

मंगलबार ९.६२ अंकले घट्यो नेप्से परिसूचक

nmb bank inside

काठमाडौँ। साताको कारोबारको तेस्रो दिन मंगलबार सेयर बजार घटेको छ। आज नेप्से परिसूचक ९.६२ अंकले घटेर २,६०३ को विन्दुमा कायम भएको हो। आज ६९ कम्पनीको सेयर मूल्य बढेको छ भने १९९ कम्पनीको सेयर मूल्य घटेको छ ।

आजको बजारमा ३६३ कम्पनीको १ करोड १० लाख ६९ हजार ७४ कित्ता सेयर किनबेच हुँदा ४ अर्ब ६५ करोड माथिको सेयर कारोबार भएको छ । आज सबैभन्दा धेरै हिमालयन डिरष्टलरीको २२ करोड ९९ लाख रुपैयाँको सेयर कारोबार भएको छ ।

आज सबैभन्दा धेरै आइसीएफसी फाइनान्स डिबेञ्चरका इकाईधनीले कमाएका छन् । आज यसका इकाईधनीले ९ दशमलव १८ प्रतिशतका दरले कमाएका छन् ।

आज सबैभन्दा धेरै सिटिजन्स सुपर ३० का इकाईधनीले गुमाएका छन् । आज यसका इकाईधनीले ५ दशमलव ४४ प्रतिशतका दरले गुमाएका हुन् ।

dish home inside

Arrow प्रतिक्रिया दिनुहोस्