आजको मौसम : यी प्रदेशमा हल्का वर्षाको सम्भावना
काठमाडौं । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।जसको प्रभावले देशको हिमाली र पहाडी भूभागमा आंशिक बादल लागेको छ । तराई भूभागमा बिहानीपख केही स्थानमा हुस्सु लाग्नेछ ।
आज दिउँसो देशको हिमाली र पहाडी भूभागमा आंशिक बादल लाग्नेछ । देशको तराई भूभागमा मौसम मुख्यतया सफा रहनेछ। कोशी, बागमती, गण्डकी र सुदूरपश्चिम प्रदेशका हिमाली भूभाग तथा कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भूभागका एक–दुई स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना छ ।
आज राति कोशी, गण्डकी र कर्णाली प्रदेशका हिमाली र पहाडी भूभागमा आंशिक बादल लाग्नेछ तथा देशको बाँकी हिमाली तथा पहाडी भूभागमा मौसम मुख्यतया सफा रहनेछ।
Bullion Market
Vegetable Price
Forex Rate
NEPSE
Bank Interest (Loan)
Bank Interest (Deposit)
Preeti to Unicode

प्रतिक्रिया दिनुहोस्