म्याग्दीमा सम्पर्कविहीन युवाको खोजी गर्न सञ्चार सेवा तत्काल सुचारु गर्न सांसद राईको माग
काठमाडौं । श्रम संस्कृति पार्टीका सांसद ध्रुवराज राईले म्याग्दीमा सम्पर्कविहीन भएका युवाको खोजी तथा उद्धारका लागि तत्काल सञ्चार सेवा सुचारु गर्न सरकारको ध्यानाकर्षण गराएका छन् ।
मंगलबार बसेको प्रतिनिधिसभा बैठकमा बोल्दै सांसद राईले म्याग्दीमा प्रधान थरका एक युवा सम्पर्कविहीन भएको जानकारी आएको भन्दै सरकारले तत्काल आवश्यक पहल गर्नुपर्ने बताए ।
उनले बिहानै भोजपुरबाट आफूलाई फोन आएको र म्याग्दीमा हाइट्रे पावरमा काम गर्ने प्रधान थरका एक युवा सम्पर्कविहीन रहेको जानकारी प्राप्त भएको बताए ।
सञ्चार सम्पर्क अवरुद्ध हुँदा घटनाको वास्तविक अवस्था तथा सम्बन्धित व्यक्तिको अवस्थाबारे जानकारी लिन कठिन भएको बताए ।
सांसद राईले सञ्चार सेवा चाँडोभन्दा चाँडो सुचारु गर्न सरकारसँग आग्रह गरे ।
उनले भने, ‘म्याग्दीमा प्रधान थरको एक जना युवा सम्पर्कविहीन हुनुहुन्छ । हाइट्रे पावरमा काम गर्ने मान्छे भनेर फोन आएको थियो। सरकारलाई चाँडोभन्दा चाँडो त्यहाँको सञ्चार सुचारु गर्न ध्यानाकर्षण गराउन चाहन्छु ।’
Bullion Market
Vegetable Price
Forex Rate
NEPSE
Bank Interest (Loan)
Bank Interest (Deposit)
Preeti to Unicode

प्रतिक्रिया दिनुहोस्