Skip to content

मंगलबार पनि घट्यो सुनचाँदीको मूल्य, कतिमा हुँदैछ कारोबार ?

nmb bank inside

काठमाडौँ। साताको कारोबारको तेस्रो दिन मंगलबार सुनचाँदीको मूल्य घटेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य तोलामा ३ हजार ८ सय रुपैयाँले घटेको हो । योसँगै आज सुन प्रतितोला २ लाख ९० हजार ५ सय रुपैयाँमा कारोबार भईरहेको छ । अघिल्लो कारोबारको दिन सोमबार सुन प्रतितोला २ लाख ९४ हजार ३ सय रुपैयाँमा कारोबार भएको थियो।

त्यस्तै, आज चाँदीको मूल्य पनि घटेको छ । आज चाँदीको मूल्य तोलामा ११५ रुपैयाँले घटेर प्रतितोला ४ हजार ३ सय ९५ रुपैयाँमा कारोबार भईरहेको छ । अघिल्लो दिन चाँदी प्रतितोला ४ हजार ५१० रुपैयाँमा कारोबार भएको थियो।

 

 

dish home inside

Arrow प्रतिक्रिया दिनुहोस्