Skip to content

२४ घण्टामा देशभर सवारी दुर्घटनामा ९ जनाको मृत्यु, १९६ जना घाइते

nmb bank inside

काठमाडौं । देशभर पछिल्लो २४ घण्टामा भएका सवारी दुर्घटनामा ९ जनाको मृत्यु भएको छ भने १९६ जना घाइते भएका छन् ।

कात्तिक १ गतेको २४ घण्टाको विवरणअनुसार सवारी दुर्घटनाबाट सातै प्रदेश तथा काठमाडौं उपत्यकामा मानवीय क्षति भएको छ ।

उपलब्ध विवरणअनुसार सुदूरपश्चिम प्रदेशमा २५ जना, कर्णाली प्रदेशमा ७ जना, लुम्बिनी प्रदेशमा ९ जना, गण्डकी प्रदेशमा १३ जना, बागमती प्रदेशमा २२ जना, मधेश प्रदेशमा ६२ जना, काठमाडौं उपत्यकामा ७ जना र कोशी प्रदेशमा ५१ जना घाइते भएका छन् ।

dish home inside

Arrow प्रतिक्रिया दिनुहोस्