Skip to content

अमिताभ बच्चनको बंगलालाई लक्षित गरी धम्कीपूर्ण इमेल

nmb bank inside

एजेन्सी । बलिउडका बरिष्ठ अभिनेता अमिताभ बच्चनको मुम्बईस्थित बंगला(घर)लाई लक्षित गरी बम विस्फोटको धम्की दिइएको इमेल प्राप्त भएको खबर सार्वजनिक भएको छ । शुक्रबार मुम्बई प्रहरीले उक्त कुरा उल्लेख गरेको छ । 

मुम्बईको बान्द्रा–कुर्ला कम्प्लेक्स (बीकेसी) क्षेत्रमा रहेको एउटा विद्यालयमा उक्त धम्कीपूर्ण इमेल प्राप्त भएको थियो।

यस घटनाबारे मुम्बई प्रहरीले अनुसन्धान सुरु गरेको छ। घटनासम्बन्धी थप विवरण आउन बाँकी छ। 

यद्यपि, उक्त धम्कीले अभिनेता बच्चनको ‘जलसा’ वा ‘प्रतीक्षा’मध्ये कुन बंगलालाई विशेष रूपमा लक्षित गरेको हो भन्ने अझै स्पष्ट भइसकेको छैन।

यसअघि बीएमसीको कार्यालयमा पनि धम्कीपूर्ण इमेल प्राप्त भएको थियो। त्यसपछि कार्यालयमा सुरक्षा जाँच गरिएको र कुनैपनि शङ्कास्पद वस्तु फेला नपरेको मुम्बई प्रहरीले जनाएको छ।

बीएमसी मुम्बईको नगर प्रशासन सञ्चालन गर्ने तथा अत्यावश्यक नागरिक सेवाहरू उपलब्ध गराउने जिम्मेवारी पाएको स्थानीय निकाय हो। यसको कार्यालयमा धम्कीपूर्ण इमेल प्राप्त भएपछि सुरक्षा जाँच गरिएको थियो।

मुम्बई प्रहरीका अनुसार इमेल प्राप्त भएपछि कार्यालयमा जाँच प्रक्रिया अघि बढाइएको थियो। तर, निरीक्षणका क्रममा कुनै पनि शङ्कास्पद वस्तु वा सामग्री फेला परेन।

यसअघि मार्च २० मा पनि यस्तै घटना भएको थियो। मुम्बई प्रेस क्लबमा प्राप्त धम्कीपूर्ण इमेलमा भवनभित्र विषाक्त ग्यास भरिएका धेरै साना बम राखिएको र दिउँसो १ बजे विस्फोट हुने दाबी गरिएको थियो। एक अधिकारीले यसबारे जानकारी दिएका थिए।

प्रारम्भिक जानकारीअनुसार उक्त इमेल कथित रूपमा आफूलाई ‘नीराजा अजमल खान’ भनेर चिनाउने व्यक्तिले पठाएका थिए।

प्रेषकले प्रेस क्लबको भवनभित्र विषाक्त ग्यास भएका ४२ वटा उपकरण जडान गरिएको दाबी गरेका थिए।(एएनआइ)

dish home inside

Arrow प्रतिक्रिया दिनुहोस्