Skip to content

तोकिएकोभन्दा बढी भाडा नतिर्न प्रहरीको आग्रह

nmb bank inside

हेटौँडा । यात्रुले तोकिएकोभन्दा बढी सवारी भाडा नतिर्न जिल्ला प्रहरी कार्यालय मकवानपुरले आग्रह गरेको छ । तोकिएको दरभन्दा बढी भाडा असुली गरेको पाइएमा सम्बन्धित निकायमा उजुरी गर्न प्रहरीले अनुरोध गरेको हो।

जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रमुख प्रहरी उपरीक्षक (एसपी) श्यामबहादुर खत्रीले यात्रुबाट तोकिएकोभन्दा बढी भाडा असुली गरेको जानकारी प्राप्त भएमा तत्काल कारबाही गरिने बताए । 

यात्रुलाई अनावश्यक आर्थिक भारबाट जोगाउन तथा सार्वजनिक यातायातमा हुने सम्भावित अनियमितता नियन्त्रण गर्न प्रहरी सक्रिय रहेको जनाइएको छ।

प्रहरीले सार्वजनिक यातायातका साधन प्रयोग गर्दा तोकिएको भाडादरअनुसार मात्र रकम तिर्न र बढी भाडा असुली भएमा सम्बन्धित निकायमा उजुरी गरी आवश्यक सहयोग गर्न यात्रुहरूलाई आग्रह गरेको छ।

dish home inside

Arrow प्रतिक्रिया दिनुहोस्