तस्विरहरू : गोविन्द्र राज तिमिल्सेना, नेपाल न्यूज बैंक
बाजुरा । प्रकृति भित्रै पनि स्वर्ग भेटिन्छ । मनमा कौतुहलता र आश्चार्य लाग्छ सक्छ । यो सृष्टिमा असम्भव भन्ने कुरा केही नहुँदो रहेछ । प्रकृति भित्रै पनि स्वर्ग भेटिने रहेछ भन्ने उदाहरण हो,मुगु जिल्लामा अवस्थित ‘महेन्द्र ताल’ अर्थात् रारा ताल ।
प्राकृतिक सौन्दर्य र पर्यटनको अनुपम संगम।जो निकै अद्भुत र अलौलिक छ । धर्तिमै भेटिएको प्रकृतिको स्वर्ग हो रारा । नीलो आकाश सरह पानी,वरपर कोणधारी वन, टाढा देखिने हिमश्रृंखला, हरियालीको शितलता र पर्यटक आकर्षकको केन्द्र।रारा आफैमा सौभाग्वती छ ।
नीलो आकाशको छाया,कञ्चन पानीमा प्रतिबिम्बित पहाड,चारैतिर फैलिएको हरियाली र मनलाई स्पर्श गर्ने शान्त वातावरण।प्रकृतिका यी अनुपम दृश्यले सजिएको रारा ताललाई नियाल्दा आभास हुन्छ,‘जति हेरे पनि धित नमर्ने ठाउँ।शब्दमा जति बयान वर्णन गरेपनि अपूरो रहने सौन्दर्यको स्वर्ग रारा ’।
समुन्द्री सतहदेखी २ हजार ९ सय ९० मिटरको उचाइमा अवस्थित यो ताल एक स्वर्गको टुक्रा हो।नेपालकै सबैभन्दा ठुलो र प्रसिद्ध ताल।जसको सुन्दरताको जति बयान गरेपनि कमै हुन्छ।धर्तिको स्वर्ग,कुनै अप्सरा भन्दा कम छैन । त्यसैले भनिएको होला रारालाई ‘स्वर्गकी अप्सरा’।
घामका किरणसंग लुकामारी खेल्दै स्वच्छता र शितलता दिने रारा साँच्चिकै प्रकृति कति सुन्दर छ,भन्ने एउटा गतिलो उदाहरण हो । राष्ट्रिय निकुञ्ज भित्र नीलो पानीले घेरिएको यो ताल हेर्दा चाहे कसैका आँखा थाक्दैनन् होला । लाग्छ,यो धर्तिमा ‘स्वर्ग कहिँ छ भने यहीँ छ ।’
गाढा नीलो पानीले भरिएको ताल।रुप फेरिरहने,शान्त वातावरण,नीलो आकाश,र तालको छालसंग देखिने प्राकृतिक सौन्दर्यले सबैलाई मोहित पार्छ । तालको किनारमा फैलिएको घना वनजंगल र पृष्ठभूमिमा देखिने हिउँले ढाकेका हिमालले राराको सौन्दर्यतालाई थप जीवन्त बनाउँछ । घुमन्तेहरुका लागी सपनाको गन्तव्य हो,रारा ।
अनुपम उपहारले सजिएको रारा।यहाँ पुग्ने जोकोहीको मन लोभ्याउँछ ।तालको नीलो पानीमा प्रतिबिम्बित पहाड र आकाशले यहाँको सौन्दर्यतालाई झनै मनमोहक बनाउँछ । लाग्छ, प्रकृतिले आफ्ना सम्पूर्ण सुन्दरता एकै ठाउँमा सुम्पिएको छ । रारा केवल घुम्ने पर्यटकीय गन्तव्य मात्रै होइन्,यो अनुभव र अनुभूति साटासाट गर्ने माध्यम पनि हो ।
राराका आकर्षणः
रारा नेपालको भर्जिन क्षेत्र हो। एउटा साहसिक यात्राको गन्तव्य पनि हो । यो ताल बिहान कालो, दिउँसो नीलो र साँझ सप्तरङ्गी देखिन्छ । तालको नीलो पानी,वरपरको कोणधारी वनजंगल र सुन्दरता नै यहाँका मुख्य आकर्षक हुन् ।
त्यस्तै ४ हजार मिटर माथीको मुर्माटप यहाँको अर्काे आकर्षकको केन्द्र हो । जहाँबाट पुरै तालको दृश्य नियाल्न सकिन्छ । चराचुरुङ्गीको चिरबिरले मन प्रफुल्लित पार्छ तालमा बोटिङ गर्दाको क्षण।तालको छेउमा टेन्टमा रात विताउँनुको आनन्द नै यहाँका मुख्य आकर्षक हुन् ।
त्यति मात्र होइन्, यहाँबाट फर्किदा मनोरम दृश्यबाहेक कर्णालीका स्थानीय उत्पादन,घरेलु उत्पादन टोपी,कपडा,स्याउका परिकारहरुले पर्यटकको ध्यान अझै तान्छ । राष्ट्रिय निकुञ्जभित्र रहेका रेड पाण्डा,कस्तुरी मृग,हिमाली कालो भालु तथा विभिन्न प्रजातिका चराचुरुङ्गी यहाँका गहना हुन् ।
ऋतुअनुसार बदलिने प्राकृतिक रङ,वसन्तमा फुल्ने फूल,शरदमा खुल्ने नीलो आकाश र हिउँदमा देखिने हिउँ।स्थानीय संस्कृति र जनजीवन,मुगाली समुदायको मौलिक संस्कृति,परम्परा,खानपान र स्थानीय जीवनशैली यहाँका आकर्षक हुन् । यीनिहरुले रारालाई थप जीवन्त बनाएर राखेका छन् ।
नीलो पानीमा प्रकृतिको प्रतिबिम्बः
राराको सबैभन्दा ठूलो बिशेषता यसको अनुपम प्राकृतिक बनावट हो ।नीलो पानीमा देखिने प्रकृतिको प्रतिबिम्बले सबैको ध्यान केन्द्रित गर्छ । नीलो पानीमा देखिन्छन्,दन्तपङ्ती हिमाल,वरपरको वनजंगल,लाग्छ,सायद पानीभित्र पनि अर्काे सुनौलो प्रकृतिको संसार छ ।
विशाल तालले ओड्छ नीलो कपडा।हिमालको मुस्कानले ताल सधैं हाँसिरहन्छ । टिमिक्क नौरङ्गे सारीमा उनिएकी सुन्दर अप्सरा जस्तैः देखिन्छ रारा । सुन्दर दृश्य क्यामेरामा कैद गर्न खोज्ने र मनलाई शान्त बनाउन चाहनेको लागी विशेष गन्तव्य । तालको पानीभित्र रमाईरहेका विश्वमा अन्यत्र नपाइने ‘स्नो ट्राउट’ माछा ।
यस तालमा सिस्ने हिमाल र कान्जिरोवा हिमालको मनोरम दृश्य। संसारमै नीलो पानीको ताल । लम्बाई ५.२ किमी, चौडाइ २.७ किमी,गहिराइ १६७ मिटर र क्षेत्रफल १० हजार ६२७ वर्ग किमी रहेको यो ताल सुन्दरताको खानी।रारा केवल घुम्ने गन्तव्य होईन्,यो प्रकृतिले उपहार स्वरुप प्रदान गरेको सुन्दर मायाको चिनो हो ।
जैविक विविधताः
भनिन्छ,‘रारा पुग्ने जोसुकैलाई स्वर्गमा पुगेको आभास हुन्छ।त्यसैले ढुङ्गाको मन भएकाहरुले पनि यो ठाउँमा पुगेपछि रमाउँने र विभिन्न रचनाहरु फुराउने गर्छन् ’रारा एउटा त्यस्तो गन्तव्य हो,जहाँ,आनन्द मात्र होईन्,जीवनमा मिल्न नसकेको हाँसो र खुसी मिल्छ ।
नेपालमा रहेका ८६७ प्रजातिका चराहरूमध्ये रारामा २३६ प्रजातिका पाईन्छन् ।आकाशबाट हेर्दा उपत्यका जस्तो लाग्ने राराको रंग गाढा निलो देखिन्छ ।जेठदेखि आसोजसम्मको मौसममा बिभिन्न फूलहरूसँग रमाउने रारा निकै सुन्दर देखिन्छ।अझ भनौँ तालको शोभा निकुञ्जमा पाईने विभिन्न जनावर र चराचुरुङ्गीले दिएका हुन्छन्।
रारामा विश्वमा दुर्लभ असला जातका माछा,रानी ट्राउट भ्यागुतो,कस्तुरी, रेडपाण्डा,मृग,घोरल, भालु, रतुवालगायत वन्यजन्तु अवलोकनका लागी रारा क्षेत्र महत्वपूर्ण मानिँदै आएको छ।जैविक विविधतामा धनी राराले बर्षेनी लाखौंको संख्यामा पर्यटकहरु भित्र्याउने गरेको छ।
पर्यटकीय सम्भावनाः
राराको पर्यटकीय सम्भावनाको वर्णन गरि कुनै साध्य छैन्।प्रचुर पर्यटकीय सम्भावना बोकेको रारालाई नेपाल सरकारले अझै ध्यान दिन सकेको खण्डमा पर्यटकको संख्यामा वृद्धिका साथै स्थानीय स्तरमा रोजगारीमा अवसर सिर्जना गर्न सकिने सम्भावना छ।
यो प्राकृतिक सौन्दर्यको केन्द्र मात्रै नभई कर्णाली प्रदेशको पर्यटन विकासको महत्त्वपूर्ण आधार समेत हो। यसको प्रचार–प्रसार र व्यवस्थित विकासले मुगु जिल्लालाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय पर्यटनको आकर्षक गन्तव्यका रुपमा स्थापित गर्न सक्छ।यहाँ आउने पर्यटकले प्राकृतिक दृश्यावलोकन,पदयात्रा,फोटोग्राफी तथा स्थानीय संस्कृति र रहनसहनको अनुभव लिन सक्छन्।
पर्यटकको आवागमन बढ्दै जाँदा स्थानीय होटल,होमस्टे,यातायात,कृषि उत्पादन र हस्तकलासँग सम्बन्धित व्यवसायले समेत लाभ लिन सक्ने प्रचुर सम्भावना छ।यद्यपि राराको पर्यटन विकासलाई केवल पर्यटकको संख्यासँग जोडेर हेर्नू पर्याप्त नहुन सक्छ।पर्यटकीय पूर्वाधारको विकास,सहज यातायात,प्रभावकारी सञ्चार र प्रचारप्रचार गर्न सके पर्यटकिय सम्भावना निकै बलियो देखिन्छ।
योजनाबद्द ढंगले पर्यटन,प्रबद्र्धन गर्न सके राराले स्थानीय अर्थतन्त्रलाई बलियो बनाउन महत्त्वपूर्ण योगदान दिन सक्छ।यस क्षेत्रको सौन्दर्य जति आकर्षक छ,यसको संरक्षणमा समेत त्यति नै महत्त्वपूर्ण छ।पर्यटकको चाप बढ्दै जाँदा फोहर व्यवस्थापन,तालको स्वच्छता,वनजंगल संरक्षण र जैविक विविधताको सुरक्षामा ध्यान दिन आवश्यक देखिन्छ।
प्रचुर सम्भावना वोकेको रारालाई सबै क्षेत्रबाट अझै व्यवस्थित गर्नुका साथै स्थानीय समुदाय,सरकार र पर्यटन व्यवसायीबीच सहकार्य हुन सके राराको मौलिकता जोगाउँदै पर्यटनलाई दिगो बनाउन सकिनेछ।अथाह सम्भावना वोकेको रारा नेपालको बहुमूल्य गहना हो।
राराः कर्णालीको गौरव,नेपालको पहिचानः
रारा ताल मुगु जिल्लाको गौरव मात्र होईन्,यो सिंगो नेपालको पहिचान हो।साथै प्राकृतिक पहिचानलाई विश्वसामु चिनाउने महत्त्वपूर्ण सम्पदा हो।कर्णाली हरेक सम्भावनाले भरिपूर्ण क्षेत्र हो।कर्णालीले नेपालको शिर कहिल्यै झुक्न दिदैन्।रारा केवल एउटा उदाहरण मात्रै हो,यस्ता सम्भावनायुक्त क्षेत्र अझै धेरै छन्।
रारा प्रकृतिले दिएको अनुपम उपहार हो, ‘जहाँ नीलो पानीले मन लोभ्याउँछ।हरियालीले शीतलता दिन्छ।शान्त वातावरणले मन आनन्दित बनाउँछ।प्राकृतिक सौन्दर्य र पर्यटनको अनुपम संगम बनेको रारा केवल घुम्ने गन्तव्य होईन्,प्रकृतिलाई माया गर्न र यसको संरक्षणको महत्त्व बुझ्न प्रेरित गर्ने सुन्दर धरोहर पनि हो।सुन्दर प्रकृति भित्रको स्वर्ग यहीँ हो,रारा ’।















Bullion Market
Vegetable Price
Forex Rate
NEPSE
Bank Interest (Loan)
Bank Interest (Deposit)
Preeti to Unicode

प्रतिक्रिया दिनुहोस्