Skip to content

धनुषामा गाँजाको पुरिया बनाई बिक्री गर्ने दुईजना पक्राउ

nmb bank inside

धनुषा । जिल्ला प्रहरी कार्यालय धनुषाले लागु औषध गाँजाको पुरिया बनाई बिक्री वितरण गर्ने दुई जनालाई पक्राउ गरेको छ । प्रहरीले धनुषाको दुई छुट्टाछुट्टै स्थानबाट गाँजा र बिक्रीका लागि तयार घरमै पारिएका पोकासहित उनीहरूलाई नियन्त्रणमा लिएको हो।

जिल्ला प्रहरी कार्यालय धनुषाका प्रवक्ता तथा सूचना अधिकारी ओमप्रकाश खनालद्वारा जारी प्रेस विज्ञप्तिअनुसार धनुषाको गणेशमान चारनाथ नगरपालिका वडा नम्बर ९, बरमझियाका ३२ वर्षीय अब्दुल रहमान पक्राउ परेका छन् । उनले आफ्नै घरमा गाँजाको साना–साना पुरिया बनाई प्रति पुरिया एक सय रुपैयाँमा स्थानीय युवाहरूलाई बिक्री गर्ने गरेको विशेष सूचनाको आधारमा प्रहरीले निगरानी बढाएको थियो।

सोही अनुसन्धानको क्रममा इलाका प्रहरी कार्यालय, सबैलाबाट खटिएको प्रहरी टोलीले मिति आइतबार साँझ रहमानको घरमा खानतलासी गर्दा कागजको पोकामा बिक्री गर्न तयार गरी राखिएको ५५ वटा पोका ९३६० ग्राम० गाँजा फेला पारेको थियो। प्रहरीले उनलाई लागु औषधसहित नियन्त्रणमा लिई लागु औषध मुद्दामा अनुसन्धान अगाडि बढाइएको जनाएको छ।

यस्तै जनकपुरधाम उपमहानगरपालिका वडा नम्बर २०, रूपैठाका ३५ वर्षीय रामललित साहलाई पनि पक्राउ गरेको छ । उनलाई १४ वटा गाँजाको पोका (१३ ग्राम) सहित नियन्त्रणमा लिई थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

पक्राउ परेका दुवै जनाविरुद्ध लागु औषधसम्बन्धी कसुरमा कानुनी प्रक्रिया अगाडि बढाइएको प्रवक्ता खनालले जानकारी दिएका छन् ।

dish home inside

Arrow प्रतिक्रिया दिनुहोस्