धनगढी । धनगढीमा रायो साग खेतीबाट राम्रो आम्दानी गर्न सकिने उदाहरण बनेका छन् प्रेम राना । कृष्णपुर नगरपालिका पिपरिया–९ का राना परिवारका लागि रायो खेती आर्थिक उपार्जनको गतिलो माध्यम बन्दै गएको छ ।
रानाको रायो सागका तीन ठूला बारीका फाँटहरु छन । बारीमा उत्पादन भएको साग दिनहुँ टिपेर किलोका हिसाबले धनगढी बजारमा बिक्री गर्ने गरिएको छ।
साग टिप्ने र बजारसम्म पुर्याउने काममा प्रेम रानासँगै उनका परिवारका सदस्यहरू पनि खटिने गरेका छन् । परिवारका सबै सदस्य मिलेर खेतीपातीमा लाग्दा घरखर्च चलाउन सहज भएको उनको भनाइ छ । परिवारमा ११ सदस्य छन् ।
रानाको बारीबाट दैनिक एक सयभन्दा बढी एक किलोका मुठा रायो साग टिपेर बिक्री हुने गरेको छ । उनले दुई महिनाको अवधिमा साग बिक्रीबाट साढे दुई लाख रुपैयाँ आम्दानी गरेको बताए ।
साग खरिद गर्न ग्राहकहरू खेतबारीमै पुग्ने र आफैँले टिपेर लैजानेसमेत गरेका छन्। यसले बजारमा सागको माग राम्रो रहेको देखाउँछ। प्रेमका अनुसार करिब चार महिनासम्म रायो साग टिपेर बिक्री गर्न सकिने भएकाले यो खेतीबाट थप आम्दानी हुने अपेक्षा छ ।
खेतीबाट अझै पूर्ण सफलता हासिल गरिनसकेको बताउने राना आफ्नो कामप्रति भने उत्साहित छन् ।
आफ्नो कामबाट पूर्ण सफलता पाएपछि मात्र सार्वजनिक रूपमा बोल्ने बताउँदै उनी हाँस्दै आफ्ना अनुभव सुनाइरहेका थिए। उनको यो भनाइले खेतीबाट केही राम्रो आम्दानी भए पनि अझै अगाडि बढ्ने चाहना रहेको देखाउँछ।
प्रेम रानाले एउटै मौसममा मात्र नभई मौसमअनुसार साग खेती गर्दै आएको बताएका बताए । रायो सागसँगै अन्य फलफूल खेतीबाट पनि आम्दानी हुने गरेको उनको भनाइ छ।
परिवारका सदस्यहरू मिलेर खेतीमा काम गर्दा घरपरिवार पाल्न सहज भएको उनी बताउँछन्। मेहनत, निरन्तरता र बजारको मागलाई ध्यानमा राखेर खेती गर्न सके कृषि व्यवसायबाट पनि राम्रो आम्दानी गर्न सकिने उनको अनुभव छ ।





Bullion Market
Vegetable Price
Forex Rate
NEPSE
Bank Interest (Loan)
Bank Interest (Deposit)
Preeti to Unicode

प्रतिक्रिया दिनुहोस्