विराटनगरले कर्णालीलाई दियो १८७ रनको विशाल लक्ष्य
काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत विराटनगर किंग्सले कर्णाली याक्सलाई १८७ रनको विशाल लक्ष्य दिएको छ ।
टस हारेर ब्याटिङ थालेको विराटनगरले २० ओभरमा ७ विकेटको क्षतिमा १८६ रन बनायो ।
ओपनर लोकेश बमले आक्रामक पारी खेल्दै ८७ रनको योगदान दिए । ५२ बल खेलेका उनले ९ छक्का र ३ चौका प्रहार गरे ।
यस्तै, एन्जेलो डेभिस म्याथ्युज ३१ तथा आन्द्रे रसेलले २७ रन जोडे ।
कर्णालीका कप्तान सोमपाल कामीले चार विकेट लिए भने नन्दन यादव र मार्क वाटले एक–एक विकेट लिए ।
Bullion Market
Vegetable Price
Forex Rate
NEPSE
Bank Interest (Loan)
Bank Interest (Deposit)
Preeti to Unicode

प्रतिक्रिया दिनुहोस्