पत्रकार पक्राउको घटनामा प्रधानमन्त्री सचिवालयको कुनै संलग्नता छैन :प्रधानमन्त्री प्रेस
काठमाडौं । पत्रकार पक्राउ परेको घटनामा प्रधानमन्त्री बालेन शाहको सचिवालयको कुनै पनि किसिमको संलग्नता नरहेको दाबी गरिएको छ ।
प्रधानमन्त्रीका प्रेस विज्ञ दीपा दाहालले सामाजिक सञ्जालमार्फत स्पष्ट पार्दै पत्रकार पक्राउ गर्ने घटनामा प्रधानमन्त्री, उनको सचिवालय तथा प्रधानमन्त्री कार्यालयको कुनै पनि प्रकारको संलग्नता नरहेको बताएकी छन् ।
उनले उक्त घटनाबारे प्रधानमन्त्रीलाई पूर्वजानकारीसमेत नरहेको उल्लेख गरेकी छन् । घटनाबारे जानकारी पाउनासाथ प्रधानमन्त्रीले नियन्त्रणमा लिइएका पत्रकारहरूलाई तत्काल रिहा गर्न तथा समाचार कक्षमा प्रवेश गरी कुनै पनि प्रकारको धरपकड नगर्न सम्बन्धित निकायलाई स्पष्ट निर्देशन दिइसकेको पनि दाहालले सामाजिक सञ्जालमार्फत जानकारी गराएकी छन् ।
Bullion Market
Vegetable Price
Forex Rate
NEPSE
Bank Interest (Loan)
Bank Interest (Deposit)
Preeti to Unicode

प्रतिक्रिया दिनुहोस्