Skip to content

समाचार कक्षबाट पत्रकार पक्राउ गर्नु प्रेस स्वतन्त्रतामाथिको गम्भीर उल्लङ्घन : शोभराज बराल

nmb bank inside

समाचार कक्षबाट पत्रकार पक्राउ गर्नु प्रेस स्वतन्त्रतामाथिको गम्भीर उल्लङ्घन : शोभराज बराल

काठमाडौं । पत्रकार शोभराज बरालले समाचार कक्षमै प्रवेश गरेर पत्रकारलाई पक्राउ गर्नु तथा समाचार सम्प्रेषणमा अवरोध पु¥याउनु प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको गम्भीर उल्लङ्घन भएको बताएका छन् । 

शुक्रबार करिब पाँच घण्टा प्रहरी नियन्त्रणमा बसेर रिहा भएपछि सामाजिक सञ्जालमा लेख्दै उनले आफ्नो पक्राउप्रति चिन्ता व्यक्त गर्दै रिहाइका लागि पहल गर्ने नेपाल पत्रकार महासंघ, अनलाइन टिभी पत्रकार संघलगायत विभिन्न संघसंस्थाप्रति बरालले धन्यवाद तथा आभार व्यक्त गरे ।

उनले लेखेका छन्र्, करिब ५ घण्टाको प्रहरी नियन्त्रणपछि रिहा भएको छु र्। प्रहरी महानिरीक्षक दानबहादुर कार्कीलाई सरकारले राजीनामा दिन दवाव दिएको र राजीनामा नदिए बर्खास्त गर्ने’ समाचारको स्रोत खोज्न सादा पोशाकका प्रहरीले समाचार कक्षमै प्रवेश गरेर मलाई करिव ३ः३० बजे पक्राउ गरिएको थियो । समाचार कक्षमै प्रवेश गरेर समाचार सम्प्रेषणमा अवरोध गर्नु प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको गम्भीर उल्लङ्घन हो । मेरो पक्राउको विषयमा चिन्ता व्यक्त गर्ने तथा रिहाइका लागि पहल गर्ने नेपाल पत्रकार महासंघ, अनलाइन टिभी पत्रकार संघ लगायत संघसंस्था प्रति धन्यवादसहित आभार व्यक्त गर्दछु ।

उनलाई शुक्रबार दिउँसो करिब ३ः३० बजे समाचार कक्षबाटै पक्राउ गरिएको थियो । 

बरालका अनुसार प्रहरी महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीलाई सरकारले राजीनामा दिन दबाब दिएको र राजीनामा नदिए बर्खास्त गर्ने समाचारको स्रोत खोज्ने क्रममा सादा पोशाकका प्रहरीले समाचार कक्षमै प्रवेश गरेर उनलाई पक्राउ गरेका थिए ।

dish home inside

Arrow प्रतिक्रिया दिनुहोस्