तस्विर: गाेविन्द्र राज तिमिल्सेना/नेपाल न्यूज बैंक
लगातारकाे बर्षाका कारण बाजुराका उच्च लेकाली तथा हिमाली भू-भागमा हिमपात भएको छ। यहाँका ९ वटै स्थानीय तहका उच्च हिमाली तथा लेकाली भेगमा हिमपात भएको हाे।बर्षापछि हिमपात हुँदा अत्याधिक चिसाे बढेकाे छ। जिल्लाकाे धार्मिक तथा पर्यटकीय क्षेत्र बडिमालिका,त्रिवेणी,त्यस्तै सुर्के पाटन,सिन्तवा पाटन, बुढिनन्दा, रानीसैन, कालाजग्रा, सुनन्दा, बडालेख, घाेडीलेक लगायतका उच्च हिमाली क्षेत्रमा हिमपात भएको हाे।बिहीबार देखि लगातार पानी तथा उच्च हिमाली क्षेत्रमा हिमपात हुँदा यहाँको दैनिक जनजीवन कष्टकर बनेकाे छ।


प्रतिक्रिया दिनुहोस्