Skip to content

मंगलबार सुनको मूल्य बढ्दा चाँदीको घट्यो

nmb bank inside

काठमाडौँ। साताको कारोबारको तेस्रो दिन मंगलबार सुनको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य तोलामा ७ सय रुपैयाँले बढेको हो।

योसँगै आज सुन प्रतितोला २ लाख ७५ हजार रुपैयाँमा कारोबार भईरहेको छ । हिजो सुन तोलाको २ लाख ७४ हजार ३०० रुपैयाँमा कारोबार भएको थियो।

त्यस्तै,आज चाँदीको मूल्य भने घटेको छ । आज चाँदी तोलामा ४५ रुपैयाँले घटेर तोलामा ३ हजार ६७५ रुपैयाँ कायम भएको छ। सोमबार चाँदी तोलाको ३ हजार ७२० रुपैयाँमा कारोबार भएको थियो।

dish home inside

Arrow प्रतिक्रिया दिनुहोस्