पूर्वउपप्रधानमन्त्री टोपबहादुर रायमाझी जेलमुक्त
काठमाडौं । नक्कली भुटानी शरणार्थी प्रकरणमा दोषी ठहर भई कैद सजाय भुक्तान गरिरहेका पूर्वउपप्रधानमन्त्री टोपबहादुर रायमाझी जेलमुक्त भएका छन् । उनी बिहीबार बिहान डिल्लीबजार कारागारबाट रिहा भएको हुन् ।
उमेरका आधारमा पाउने कैद छुट सुविधापछि रायमाझी जेलमुक्त भएको डिल्लीबजार कारागारले जनाएको छ । उनले ६५ वर्ष उमेर पूरा भएपछि ज्येष्ठ नागरिकले पाउने कानुनी सुविधाअनुसार रिहा भएका हुन् ।
उनी नक्कली भुटानी शरणार्थी प्रकरणमा २०८० साल वैशाख ३१ गते पक्राउ परेका थिए ।
Bullion Market
Vegetable Price
Forex Rate
NEPSE
Bank Interest (Loan)
Bank Interest (Deposit)
Preeti to Unicode

प्रतिक्रिया दिनुहोस्