Skip to content

भिमफेदी दुर्घटनाः निर्सुलाई एकैपटक तीन सन्तानको पीडा

nmb bank inside

सर्लाही । काठमाडौंबाट सर्लाही आउँदै गरेको विद्युतीय (ईभी) गाडी आज बिहान मकवानपुर जिल्लाको चिसापानीमा दुर्घटना हुँदा सर्लाहीको चक्रघट्टा गाउँपालिका–४ सुन्दरपुरका यात्रुहरुको दुःखद निधन भएको छ।

दुर्घटनामा गाडीका चालकसहित सवार २० जनामध्ये पाँच जना घाइतकोे हेटौँडामा उपचार भइरहेको छ। दुर्घटनामा ज्यान गुमाउने केही व्यक्तिको पहिचान भइसकेको छ भने केही मृतकको पहिचान हुन बाँकी रहेको बताइएको छ।

उक्त दुर्घटनामा सुन्दरपुर निवासी निर्सु रायका छोरा राकेश राय, नाति रोहन राय र भतिज शुभोध रायको समेत दुःखद निधन भएको छ।

उनीहरू विगत पाँच–छ वर्षदेखि काठमाडौंको जडीबुटी क्षेत्रमा तरकारी व्यवसाय गर्दै आएका थिए। छठ पर्व मनाउन घर फर्किने क्रममा उनीहरूले गएराति काठमाडौंबाट ईभी गाडी भाडामा लिएर सर्लाहीका लागि यात्रा सुरु गरेका थिए।

तर, घरपरिवारसँग छठ पर्व मनाउने खुसी बोकेर हिँडेका उनीहरूको यात्रा मकवानपुरको चिसापानीमा भएको दुर्घटनासँगै सदाका लागि टुंगिएको छ।

आफ्ना परिवारका सदस्य गुमाउनुपर्दाको पीडा सुनाउँदै मृतकका पिता निर्सु रायले घटनाबारे जानकारी दिएका हुन्।

यस दुःखद घटनाले सर्लाहीको सुन्दरपुर गाउँ शोकमा डुबेको छ।

dish home inside

Arrow प्रतिक्रिया दिनुहोस्