एनपीएलः टस जितेर कर्णाली ब्याटिङमा
काठमाडौं । राजधानीमा जारी तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) मा आजको दोस्रो खेलमा लुम्बिनी लायन्स र कर्णाली याक्स भिड्दैछन्।
कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा कर्णालीले टस जितेर ब्याटिङ रोजेको छ।
५ खेलबाट ७ अंक बटुलेर अंकतालिकामा तेस्रो स्थानमा रहेको लुम्बिनी आजको खेल जितेर शीर्षस्थानमा रहँदै प्लेअफमा पुग्ने लक्ष्यमा छ ।
५ खेलमा ४ अंकसहित सातौँ स्थानमा रहेको कर्णालीलाई प्लेअफ सम्भावना जीवित राख्नका लागि आज जित्नै पर्छ ।
आजै भएको पहिलो खेलमा विराटनगर किङ्ग्सले पोखरा एभेन्जर्सलाई ४ विकेटले हरायो।
Bullion Market
Vegetable Price
Forex Rate
NEPSE
Bank Interest (Loan)
Bank Interest (Deposit)
Preeti to Unicode

प्रतिक्रिया दिनुहोस्