राजकुमार ओली, नेपाल न्युज बैंक
झापा । सूर्यदेव तथा छठी माताको पूजा–आराधना गरी मनाइने आस्थाको महापर्व छठका लागि झापाको बिरिङ नदी किनारमा तयारी तीव्र पारिएको छ । बिर्तामोडसहित आसपासका क्षेत्रका हजारौँ श्रद्धालुको आस्थाको केन्द्रका रूपमा रहेको कनकाई नगरपालिका–८ स्थित बिरिङ नदी किनारमा यस वर्षको छठ पर्वलाई गत वर्षभन्दा भव्य, व्यवस्थित र सुरक्षित बनाउने तयारी गरिएको हो।
छठ समाज सेवा समिति बिर्तामोडकी अध्यक्ष एवं कार्यक्रम संयोजक संगीता रौनियार आज झापाको बिर्तामोडमा गरिएको पत्रकार सम्मेलनमा सम्पूर्ण तयारी पूरा भएको जानकारी दिएकी हुन् ।
छठ पर्व नजिकिएसँगै नदी किनारमा घाट निर्माण, सरसफाइ, मण्डप व्यवस्थापन, विद्युत् तथा प्रकाशको व्यवस्था र सुरक्षालगायतका कामलाई तीव्रता दिइएको छ। छठ पूजा गर्न आउने व्रतालु तथा श्रद्धालुलाई सहज रूपमा पूजाआराधना गर्ने वातावरण बनाउन आयोजक समिति र स्थानीयवासी जुटेका छन्।
रौनियारका अनुसार यस वर्ष बिरिङ नदी किनारमा १९० वटा घाट निर्माण सम्पन्न गरिएको छ। एकैपटक ४०० भन्दा बढी भक्तजनले पूजाआराधना गर्न सक्ने गरी आवश्यक व्यवस्थापन मिलाइएको छ ।
‘गत वर्षभन्दा यस वर्षको छठ पर्वलाई अझ उत्कृष्ट र व्यवस्थित बनाउने लक्ष्य लिएका छौँ ।श्रद्धालु तथा व्रतालुलाई कुनै असुविधा नहोस् भन्ने उद्देश्यले घाट निर्माणदेखि सुरक्षा र अन्य व्यवस्थापनका कामलाई प्राथमिकता दिएका छौँ’उनले भनिन् ।
उनका अनुसार छठ पर्वमा ठूलो सङ्ख्यामा भक्तजनको सहभागिता रहने भएकाले घाट व्यवस्थापन, सरसफाइ, विद्युत्, आवागमन तथा स्वयंसेवक परिचालनलाई विशेष ध्यान दिइएको छ।
घाट व्यवस्थापन तथा पर्व सञ्चालनका लागि विभिन्न नौवटा उपसमिति गठन गरी जिम्मेवारी बाँडफाँट गरिएको समितिका घनश्याम चौधरीले बताइन् । उनको अनुसार उपसमितिमार्फत घाट व्यवस्थापन, सरसफाइ, आर्थिक व्यवस्थापन, सुरक्षा, विद्युत् तथा अन्य आवश्यक कामलाई समन्वयात्मक रूपमा अघि बढाइएको छ।

Bullion Market
Vegetable Price
Forex Rate
NEPSE
Bank Interest (Loan)
Bank Interest (Deposit)
Preeti to Unicode

प्रतिक्रिया दिनुहोस्