काठमाडौं । राजधानीमा जारी तेस्रो संस्करणको नेपाल प्रिमियर लिग(एनपीएल) अन्तरगत आजको दोस्रो खेलमा जनकपुर बोल्ट्स र चितवन राइनोज भिड्दैछन्।
कीर्तिपुर मैदानमा जनकपुरले टस जितेर ब्याटिङ रोजेको छ।
जनकपुर र चितवनलाई पनि प्लेअफ दौडमा रहिरहन आजको खेल जित्नैपर्ने दबाब छ । २ खेल बाँकी रहेको चितवनलाई अबका खेलमा जितको विकल्प छैन भने अन्तिम खेल खेल्न लागेको जनकपुरलाई जितसँगै अन्य टोलीको नतिजामा समेत निर्भर हुनुपर्ने अवस्था छ । चितवनको ५ खेलबाट ५ अंक छ। ५ खेलबाट ४ अंकमात्र जोडेको जनकपुरलाई अबको जितले ६ अंकमा पुर्याउने छ। प्लेअफका लागि भने अन्य टोलीको भर पर्नुपर्नेछ। आजको पहिलो खेलमा काठमाडौं गोर्खाजलाई ७ रनले हराएर सुदूरपश्चिम रोयल्स प्लेअफमा पुगेको छ।
Bullion Market
Vegetable Price
Forex Rate
NEPSE
Bank Interest (Loan)
Bank Interest (Deposit)
Preeti to Unicode

प्रतिक्रिया दिनुहोस्