विश्वनाथ ठाकुर
सर्लाही, २७ कात्तिक । सर्लाही सदरमुकाम मलंगवा नगरपालिका–९ स्थित हुलाकी सडक खण्डमा बेवारिसे अवस्थामा हिँडिरहेको एक पुरुषको उद्धार गरिएको छ।
नाम, थर र ठेगाना बताउन नसक्ने अन्दाजी ४० वर्षीय उक्त पुरुषलाई जिल्ला प्रहरी कार्यालय मलंगवाबाट खटिएको प्रहरी टोली र मानव सेवा आश्रम हरिवन, सर्लाहीका कर्मचारीहरूको संयुक्त टोलीले उद्धार गरेको हो।
ती पुरुष व्यक्ति विगत केही महिनादेखि मलंगवा बजार तथा आसपासका क्षेत्रमा मागेर खाने र सडकमा हिँडडुल गर्दै जीवनयापन गर्दै आएका थिए। निजको आफन्त तथा परिवारजनको पहिचान हुन नसकेपछि संयुक्त टोलीले उद्धार गरी थप संरक्षण र सुरक्षित आश्रयका लागि मानव सेवा आश्रम हरिवन, सर्लाहीमा पठाएको छ।
बेवारिसे तथा असहाय अवस्थामा रहेका व्यक्तिहरूको उद्धार, संरक्षण र मानवीय सेवामा सम्बन्धित निकायले देखाएको सक्रियता सराहनीय रहेको छ।

Bullion Market
Vegetable Price
Forex Rate
NEPSE
Bank Interest (Loan)
Bank Interest (Deposit)
Preeti to Unicode

प्रतिक्रिया दिनुहोस्