Skip to content

धादिङको रुबीभ्यालीमा जिप दुर्घटनामा १ जनाको मृत्यु, घाइतेको हेलिकप्टरमार्फत उद्धार

nmb bank inside

धादिङको रुबीभ्यालीमा जिप दुर्घटनामा १ जनाको मृत्यु, घाइतेको हेलिकप्टरमार्फत उद्धार

शंकर श्रेष्ठ, नेपाल न्यूज बैंक

धादिङ । उत्तरी धादिङको रुबीभ्याली गाउँपालिका–४ बोराङ कलदाङमा बोलेरो दुर्घटना हुँदा एक महिलाको घटनास्थलमै मृत्यु भएको छ भने घाइतेहरूको हेलिकप्टरमार्फत उद्धार गरिएको छ ।

गएराति करिब २ बजे बतासे फेदीबाट बोराङतर्फ उकालो चढ्दै गरेको बा।प्र। ०२०३३ च ७१६९ नम्बरको बोलेरो अनियन्त्रित भई करिब चार सय मिटर तल खसेको हो। दुर्घटनामा रुबीभ्याली गाउँपालिका–४ बोराङकी ६६ वर्षीया छेनेन तामाङको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय धादिङका प्रहरी नायब उपरीक्षक प्रकाश दाहालले बताए ।

प्रहरी नायब उपरीक्षक दाहालका अनुसार दुर्घटनामा गम्भीर घाइते भएका रुबीभ्याली–४ बोराङका ३५ वर्षीया कान्छीमाया तामाङ, ९ वर्षीय पिटर तामाङ, ११ वर्षीय आमोष तामाङ, ३३ वर्षीया मिजोङ तामाङ र ४० वर्षीय चेरोङ तामाङ तथा बोलेरो चालक खनियाँबास गाउँपालिका–१ का ४० वर्षीय डम्बर तामाङलाई नेपाली सेनाको हेलिकप्टरमार्फत उपचारका लागि काठमाडौं पठाइएको छ ।

महोत्तरीको बर्दिबास नगरपालिका–११ का २५ वर्षीय ललित बोम्जन, १४ वर्षीय कमल घले र २० वर्षीय बिमल तामाङलाई धादिङ अस्पताल ल्याइँदै गरेको प्रहरी नायब उपरीक्षक दाहालले बताए ।

बतासे दोभानमा एकादशी मेलाको पूजा गरेर लापातर्फ फर्किने क्रममा दुर्घटना भएको हो। सामान्य घाइतेको स्थानीय स्वास्थ्य संस्थामा प्राथमिक उपचारपछि थप उपचारका लागि धादिङ अस्पताल ल्याइँदैछ ।

dish home inside

Arrow प्रतिक्रिया दिनुहोस्