निगमको एलपी ग्यास तथा एभिएसन विभागले परिपत्र जारी गर्दै बजारको मागअनुसार ग्यास आयात बढाउन, भन्सारमा रहेका ग्यास बुलेट समयमै छुटाउन र भण्डारण क्षमता पूर्ण रूपमा उपयोग गर्न उद्योगहरूलाई आग्रह गरेको हो।
त्यस्तै, सिलिन्डर पूर्ण क्षमतामा भरी बजारमा नियमित आपूर्ति सुनिश्चित गर्नसमेत निगमले निर्देशन दिएको छ।
यसैबीच, निगमले उपभोक्तालाई आवश्यकताअनुसार मात्र ग्यास खरिद गर्न र अनावश्यक रूपमा सिलिन्डर सञ्चिति नगर्न अनुरोध गरेको छ।


प्रतिक्रिया दिनुहोस्