Skip to content

ग्यास आपूर्ति सहज र नियमित बनाउन निगमको निर्देशन

nmb bank inside

काठमाडौँ। नेपाल आयल निगमले माग अनुसारको एलपी ग्यासको आयात बढाउन निर्देशन दिएको छ । निगमले उपभोक्तालाई खाना पकाउने एलपी ग्यास सहज र नियमित आपूर्ति सुनिश्चित गर्न ग्यास उद्योगहरूलाई आयातदेखि बजार वितरणसम्मका सबै चरण पूर्ण क्षमतामा सञ्चालन गर्न निर्देशन दिएको हो ।

निगमको एलपी ग्यास तथा एभिएसन विभागले परिपत्र जारी गर्दै बजारको मागअनुसार ग्यास आयात बढाउन, भन्सारमा रहेका ग्यास बुलेट समयमै छुटाउन र भण्डारण क्षमता पूर्ण रूपमा उपयोग गर्न उद्योगहरूलाई आग्रह गरेको हो।

त्यस्तै, सिलिन्डर पूर्ण क्षमतामा भरी बजारमा नियमित आपूर्ति सुनिश्चित गर्नसमेत निगमले निर्देशन दिएको छ।

यसैबीच, निगमले उपभोक्तालाई आवश्यकताअनुसार मात्र ग्यास खरिद गर्न र अनावश्यक रूपमा सिलिन्डर सञ्चिति नगर्न अनुरोध गरेको छ।

dish home inside

Arrow प्रतिक्रिया दिनुहोस्