काठमाडौँ । नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष चन्द्रप्रसाद ढकालले देशको आर्थिक तथा औद्योगिक अवस्था नाजुक भएका कारण विकास निर्माणमा असर परेको उल्लेख गरेका छन् । नेपाल निर्माण व्यवसायी महासङ्घको २५औँ साधारणसभामा उनले यस्तो उल्लेख गरेका हुन् ।
अध्यक्ष ढकालले निर्माण व्यवसायीका समस्या समाधान गर्नुपर्नेमा प्रधानमन्त्री दाहालसमक्ष आग्रह गरेका छन् । उनले निर्माण व्यवसायीहरुको भुक्तानी छिट्टै गर्न नेपाल सरकारसँग मागसमेत गरेका छन् ।
अध्यक्ष ढकालले भने, ‘देश विकासका लागि पूर्वाधारको निर्माण र विकास सबैभन्दा महत्वपूर्ण पक्ष हो भन्ने कुरा सरकारले बुझ्नुपर्छ । सरकारले उनीहरुको भुक्तानीमा ढिलाइ गर्दा परियोजनाहरूमा ढिलाइ हुनसक्छ । व्यवसायीहरुले पनि बैंक किस्ता, श्रमिकको ज्याला तथा करको ठूलो रकम भुक्तानी गर्न सकेका छैनन्, उनीहरु समस्याग्रस्त छन् ।’
Bullion Market
Vegetable Price
Forex Rate
NEPSE
Bank Interest (Loan)
Bank Interest (Deposit)
Preeti to Unicode


प्रतिक्रिया दिनुहोस्