काठमाडौँ । नेपाल राष्ट्र बैंकले (आज) मंगलबारका लागि विदेशी मुद्राको विनिमय दर सार्वजनिक गरेको छ । राष्ट्र बैंकले सार्वजनिक गरेको विनिमय दर अनुसार आज अमेरिकी डलर एकको खरिद दर १३३ रुपैयाँ ८६ पैसा र बिक्री दर १३४ रुपैयाँ ४६ पैसा रहेको छ ।
आज युरो एकको खरिद दर १४६ रुपैयाँ ५६ पैसा र बिक्री दर १४७ रुपैयाँ २१ पैसा रहेको छ । मंगलबार बेलायती पाउण्डको खरिद दर १७० रुपैयाँ ६२ पैसा र बिक्री दर १७१ रुपैयाँ ३९ पैसा रहेको छ ।
