Skip to content
nabil bank inside

गोविन्द केसीको मागअनुसार सुधारको प्रक्रिया अघि बढेको छः मन्त्री पौडेल

nmb bank inside

काठमाडौँ । चिकित्सक गोविन्द केसीले उठाएका स्वास्थ्य सुधारका विषयलाई स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कार्यान्वयनमा लग्ने भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले केसीले राखेका मागसँगे थप सुधारका कामहरु अघि बढेको बताएका छन्। विगतमा सरकारसँग भएका सम्झौता कार्यान्वयनको अवस्थाबारे छलफल गर्न मन्त्रालय पुगेका केसीसँग मन्त्री पौडेलले यस्तो बताएका हुन् ।

तत्काल चिकित्सक दरबन्दी थप्न नसकिए पनि भएकै चिकित्सकबाट अधिक सेवा दिने गरी दुई सिफ्टमा सघीय अस्पतालमा सेवा थालिएको भन्दै मन्त्री पौडेलले यसले सरकारी चिकित्सकले बाहिर काम गर्नुपर्ने समस्या कम गर्न सक्ने जानकारी दिए । चिकित्सक केसीले आफू विगतका प्रतिबद्धता पूरा हुनेमा आशावादी रहेको भन्दै दक्ष चिकित्सक पलायन रोक्नका लागि आग्रह गरेका थिए।

dish home inside

arrow प्रतिक्रिया दिनुहोस्