Skip to content

सरकारसँगको ६ बुँदे सहमतिपछि सुनचाँदी व्यवसायी महासंघको आन्दोलन स्थगित

काठमाडाैं । नेपाल सुनचाँदी व्यवसायी महासंघले आन्दोलन स्थगित गरेका छन्। विहिबार सरकारसँग ६ बुँदे सहमति भएपछि महासंघले आन्दोलन स्थगित गर्ने निर्णय गरेको हो  ।

लामो समयबाट पसल बन्द गरेरआन्दोलनमा रहेका सुनचाँदी व्यवसायीहरु सरकारसँगको सहमति भएपछि शुक्रबार देखि पसलमा फर्किएका छन्।सरकार र व्यवसायीबीच कर र भ्याट विषयमा अध्ययन गर्न कार्यदल गठन गर्ने र कार्यदलले प्रतिवेदन पेस नभएसम्म वृद्धि भएको कर र भ्याट लागु नहुने सहमति भएको छ।

सहमति पत्रमा अर्थ मन्त्रालय, उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालय, आन्तरिक राजस्व विभाग, भन्सार विभाग, नेपाल राष्ट्र बैंक र व्यवसायी महासंघका प्रतिनिधिहरूले हस्ताक्षर गरेका छन्।

सरकारले आर्थिक वर्ष २०८२/८३ को बजेटमार्फत् सुनको कारोबारमा दुई प्रतिशत विलासिता कर र हीराजडित गहनामा १३ प्रतिशत भ्याटको व्यवस्था गरेको थियो । कर र भ्याटले उपभोक्ता र व्यवसायी दुवैलाई असर पर्ने भन्दै फिर्ताको माग गर्दै व्यवसायीहरू एक महिनादेखि आन्दोलनमा उत्रिएका थिए । उनीहरुले पसल बन्द गरेकाले सुनचाँदीको भाउ समेत तोकिएको थिएन ।

 

 

 

 

 

 

 

arrow प्रतिक्रिया दिनुहोस्