काठमाडौँ । साताको कारोबारको चौथो दिन बुधवार सुनको मूल्य बढेको छ। नेपाल सुनचाँदी व्यवसायीका अनुसार आज सुनको मूल्य प्रतितोला १४ सय रुपैयाँले बढेको हो।
मङ्गलवार एक लाख ९३ हजार रुपैयाँमा कारोबार भएको सुनको मूल्य आज १४ सय बढेर प्रतितोला एक लाख ९४ हजार ४ सय रुपैयाँमा कारोबार भइरहेको छ ।
आज चाँदीको मूल्य पनि १० रुपैंयाले बढेर प्रतितोला २३१० रुपैयाँमा कारोबार भइरहेको छ ।