काठमाडौँ। सार्वजनिक यातायातको भाडा फेरी बढेको छ । मंगलबार मन्त्रीस्तरको निर्णयले सार्वजनिक यातायातमा ५ प्रतिशत भाडा वृद्धि गरेको हो।
यसअघि भाडा बढ्दा डिजेलको औसत बजार मूल्य प्रतिलिटर १८० रुपैयाँ ८३ पैसा रहेकोमा हाल ५५ रुपैयाँले बढेर २३५ रुपैयाँ ८३ पैसा कायम भएको छ । जुन अघिल्लो मूल्यको तुलनामा ३०.४१ प्रतिशतले बढी हो ।
त्यसयता २ पटक इन्धनको मूल्य वृद्धि भइ डिजेलमा ५५ रुपैयाँ बढी पुगेपछि यातायात व्यवसायीहरू भाडा पुन समायोजन गर्न माग गर्दै आएका थिए । इन्धनमा भएको मूल्यवृद्धिलाई आधार मानी भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयको सैद्धान्तिक सहमतिमा नयाँ भाडादर लागू गरिएको यातायात व्यवस्था विभागले जनाएको छ ।


प्रतिक्रिया दिनुहोस्