कोशी प्रदेश प्रमुखको कार्यभार मधेस प्रदेश प्रमुख कर्ण
काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले कोशी प्रदेश प्रमुखको कार्यभार मधेस प्रदेशका प्रमुख सुरेन्द्र लाभ कर्णलाई तोकेका छन् ।
कोशी प्रदेशको प्रदेश प्रमुख पद रिक्त रहेकाले नयाँ प्रदेश प्रमुख नियुक्ति नभएसम्मका लागि उनलाई कोशीको समेत कार्यभार सम्हाल्ने जिम्मेवारी दिइएको हो ।
राष्ट्रपतिको कार्यालयका प्रवक्ता श्याम प्रसाद भण्डारीद्वारा बिहीबार जारी विज्ञप्तिअनुसार नेपाल सरकार, मन्त्रिपरिषद्को सिफारिसमा नेपालको संविधानको धारा १६५ (२) बमोजिम राष्ट्रपति पौडेलले उक्त कार्यभार तोकेका हुन् ।
कोशी प्रदेशका तत्कालीन प्रमुख परशुराम खापुङ पाँच वर्षे कार्यकाल पूरा गरी गत कात्तिक २३ गते पदबाट बिदा भएपछि उक्त पद रिक्त रहँदै आएको थियो ।


प्रतिक्रिया दिनुहोस्