काठमाडौँ । गृहमन्त्री सुधन गुरुङ सुनसरी जाँदैछन् । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा विहीबार प्रधानमन्त्री वालेन्द्र शाहसँगको भेटपछि गृहमन्त्री गुरुङ सुनसरीस्थित देवानगञ्ज गाउँपालिका–३ स्थित कप्तानगञ्ज जान लागेका हुन् ।
मन्त्री गुरुङले गत साउन १० गते सुनसरीमा भएको झडपमा मृत्यु भएका ओमप्रकाश मेहता र सोही झडपमा घाइते भइ उपचारका क्रममा आज मृत्यु भएका जयप्रकाश मेहताका परिवारसँग भेट गर्नुहुने कार्यक्रम रहेको प्रधानमन्त्री कार्यालयले जनाएको छ ।
मन्त्री गुरुङसँगै स्वास्थ्य तथा खाद्य स्वच्छतामन्त्री निशा मेहता पनि सुनसरी जान लागेका हुन् । सुनसरी मन्त्री मेहताको गृह जिल्ला हो ।


प्रतिक्रिया दिनुहोस्