काठमाडौँ। साताको कारोबारको अन्तिम दिन शुक्रबार सेयर बजार मापक नेप्से परिसूचक घटेको छ। आज नेप्से परिसूचक ८.५७ अंकले घटेर २,६२८ को विन्दुमा कायम भएको हो ।
आज ५९ कम्पनीको सेयर मूल्य बढेको छ भने २०३ कम्पनीको घटेको छ । आज दिनभरिको बजारमा ३५३ कम्पनीको १ करोड ३१ लाख ९८ हजार कित्ता सेयर किनबेच हुँदा ४ अर्ब ८२ करोड माथिको सेयर कारोबार भएको छ ।
आज सबैभन्दा धेरै लक्ष्मी सनराइज क्यापिटलको सेयर कारोबार भएको छ। आज यस कम्पनीको २४ करोड ९९ लाख रुपैयाँको सेयर कारोबार भएको छ।
आज सबैभन्दा धेरै एनआइसी एशिया बैंकका लगानीकर्ताले कमाएका छन् । आज यस बैंकका लगानीकर्ताले ६ दशमलव ०८ प्रतिशतका दरले कमाएका हुन् ।
आज सबैभन्दा धेरै सोपान फर्मास्युटिकल्सका लगानीकर्ताले गुमाएका छन् । आज यस कम्पनीका लगानीकर्ताले ५ दशमलव ३७ प्रतिशतका दरले गुमाएका हुन् ।


प्रतिक्रिया दिनुहोस्