Skip to content

त्रास र तनावबीच प्रधानमन्त्री शाहको अपिल: ‘आक्रोश होइन, सद्भाव कायम गरौं’

nmb bank inside

काठमाडौं। देशभर बढ्दो त्रास, तनाव र आक्रोशको अवस्थाबीच प्रधानमन्त्री वालेनद्र शाहले शान्ति, संयम र सामाजिक सद्भाव कायम राख्न भावुक अपिल गरेका छन् । वर्तमान परिस्थितिले समाजलाई अनावश्यक द्वन्द्वतर्फ धकेलिरहेको उल्लेख गर्दै उनले एक–अर्कालाई डराउने होइन, सहानुभूति र सहकार्यका साथ अघि बढ्न आग्रह गरेका हुन्।

प्रधानमन्त्री शाहले मानवतामा विश्वास राख्ने कसैले पनि यस्तो अवस्था नचाहेको स्पष्ट पार्दै घटनाप्रति जनताको असन्तोष स्वाभाविक भएको बताए। उनले सरकार सुरुदेखि नै जिम्मेवार रूपमा सक्रिय रहेको दाबी गर्दै “सरकार मौन छैन, पीडितका पक्षमा नतिजामूलक काम भइरहेको छ,” भन्ने सन्देश दिएका छन्।

घटनामा ज्यान गुमाएकाहरूका परिवार तथा घाइतेहरूलाई शीघ्र न्याय दिलाउने प्रतिबद्धता व्यक्त गर्दै उनले प्रक्रिया तीव्र रूपमा अघि बढाइने जानकारी दिए । उनका अनुसार नागरिकको सुरक्षा र अधिकार सुनिश्चित गर्नु सरकारको पहिलो कर्तव्य भएको , र सोही लक्ष्यमा केन्द्रित भएर काम भइरहेको बताएका छन् ।

प्रधानमन्त्रीले आक्रोश, उत्तेजना र बदला लिने प्रवृत्तिबाट टाढा रहन सबैलाई आग्रह गर्दै कानुनी प्रक्रियामा विश्वास गर्न आह्वान गरेका छन्। “आफ्नो आक्रोशलाई संयमित बनाऔं, सामाजिक सद्भावलाई नटुट्ने बनाऔं,” उनले भने।

अन्त्यमा उनले सबै नागरिकलाई एकअर्काप्रति सम्मान, सहिष्णुता र सहकार्यको भावना राख्दै शान्तिपूर्ण वातावरण कायम गर्न आग्रह गरेका छन्।

dish home inside

Arrow प्रतिक्रिया दिनुहोस्