Skip to content

सार्वजनिक यातायातको अवस्था सुधार्न सांसद पराजुलीको माग

nmb bank inside

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद गणेश पराजुलीले राजधानीसहित देशभरको सार्वजनिक यातायात सेवाको दयनीय अवस्थाप्रति सरकारको ध्यानाकर्षण गराएका छन् ।

बिहीबार बसेको प्रतिनिधिसभा बैठकमा बोल्दै उनले सार्वजनिक यातायात गन्तव्यमा पुग्ने साधन मात्र नभई राज्यले आफ्ना नागरिकलाई कति सम्मान गर्छ भन्ने मापन गर्ने महत्वपूर्ण आधार पनि भएको बताए । उनले नागरिकलाई सहज, सुरक्षित र व्यवस्थित यातायात सेवा उपलब्ध गराउन आग्रह गरे ।

‘सार्वजनिक यातायात गन्तव्यमा पुर्याउने साध मात्र होइन । देशको आधुनिकता समाजको संस्कार राज्यले आफ्नो नागरिकलाई कति सम्मान गर्छ भन्ने मापन गर्ने स्पष्ट बिम्ब पनि हो,’ उनले भने, ‘आज दुर्गम क्षेत्रको कुरा नै छाडौँ राजधानी सहरहरूको सार्वजनिक यातायात सेवाको कहालीलाग्दो वर्णन गरी साध्य छैन । राजधानीमा सार्वजनिक यातायात नागरिकका लागि सुविधा होइन सास्ती बनेको छ ।’ 

उनले दुर्गम क्षेत्रको अवस्था अझ चुनौतीपूर्ण रहेपनि राजधानीकै सार्वजनिक यातायात सेवा नागरिकका लागि सुविधा नभइ सास्ती बनेको बताए । 

घण्टौँ ट्राफिक जाममा बस्नुपर्ने, सिट क्षमताभन्दा दोब्बर यात्रु कोचिएर यात्रा गर्नुपर्ने तथा समयमै गन्तव्यमा पुग्ने कुनै निश्चितता नरहेको अवस्था रहेको उनको बताए । 

उनले भने, ‘घण्टौं ट्राफिकमा रोकिने, सिट क्षमता भन्दा दोबर भीडमा कोचिनुपर्ने समयमै गन्तव्यमा पुग्न अनिश्चितता भोग्नुपर्ने अनि राजधानीमै कयौँ नयाँ बस्तीमा सार्वजनिक सवारी साधन नचल्ने अवस्था छ । यस्तो अवस्थाबाट नागरिकलाई मुक्त गर्न ढिला गर्नु हुँदैन् ।’

सांसद पराजुलीले राजधानी नजिकका धेरै नयाँ बस्तीमा समेत सार्वजनिक सवारी साधन नियमित रूपमा सञ्चालन नहुँदा नागरिक दैनिक सास्ती खेप्न बाध्य भएको दाबी गरे ।

dish home inside

Arrow प्रतिक्रिया दिनुहोस्