Skip to content

गोलबजारको अवस्था सामान्य वन्दै, मृतक यादवको शव उठाइयो

nmb bank inside

सरहा । सिरहाको अवस्था सामान्य वन्दै गएको छ । विहीबार दिनभर तनावग्रस्त भएको गोलबजार क्षेत्र अपरान्ह केही शान्त देखिएको छ ।

बिहीबार दिउँसो प्रदर्शनका क्रममा ज्यान गुमाएका गणेश यादवको शव प्रहरीले सडकबाट उठाएको छ ।

आफन्तहरूले प्रदर्शन जारी राख्दै शव सडकमै राखिरहेका थिए । सडकमै शव राखेर उनीहरूले दिनभर प्रदर्शन गरे । साँझ भने प्रहरीले शव भ्यानमा राखेर लगेको थियो ।

जिल्ला प्रशासन कार्यालय, सिरहाका सहायक प्रमुख जिल्ला अधिकारी चेतराज बरालका अनुसार गोलबजारमा दुई समूहबीच भएको झडपपछिको प्रदर्शनमा गोली लागेर औरही गाउँपालिका–२ का १९ वर्षीय गणेश यादवको मृत्यु भएको हो ।

विहीबार साँझ उक्त क्षेत्रमा बाक्लो संख्यामा सुरक्षाकर्मी परिचालन गरिएको छ ।

dish home inside

Arrow प्रतिक्रिया दिनुहोस्