लखनदेई खोलामा आएको बाढीले भाडसर गाउँ डुबानमा (तस्बिरसहित)
तस्बिर : विश्वनाथ ठाकुर/नेपाल न्यूज बैंक
लखनदेई खोलामा आएको बाढीले बाँध भत्काउँदा सर्लाहीको मलङ्गवा नगरपालिका–५ स्थित भाडसर गाउँ डुबानमा परेको छ । बाँध भत्किएपछि खोलाको बाढी बस्तीमा पस्दा गाउँका घर तथा आसपासका क्षेत्र जलमग्न भएका छन् । बाढीको पानीले स्थानीयको धानखेतसमेत डुबाएको छ ।


प्रतिक्रिया दिनुहोस्