झोलुङ्गे पुलमा एकतर्फी आवतजावत, पैदल यात्रुको चाप व्यवस्थापनमा प्रहरी परिचालन (फोटो/भिडियो)
तस्बिर : कमल सापकोटा, नेपाल न्यूज बैंक
नुवाकोटको ढुङ्गेस्थित बुद्ध मन्दिरदेखि इन्टेकसम्म निर्माण गरिएको झोलुङ्गे पुलमा पैदल यात्रुको चाप बढेपछि एकतर्फी आवतजावतको व्यवस्था गरिएको छ । पुलमा एकतर्फी यात्रा पूरा भएपछि मात्र अर्को तर्फका यात्रुलाई प्रवेश गराउने व्यवस्था मिलाइएको छ । दशैँका लागि जोहो गरिएका खसी बोका सहित यात्रा गरिरहेका यात्रुहरूलाई समेत व्यवस्थित रूपमा पुल पार गराउन नेपाल प्रहरी परिचालन गरिएको हो ।


प्रतिक्रिया दिनुहोस्