काठमाडौ । अनलाइनखबरका एसोसिएट एडिटर सुदर्शन खतिवडा अन्तर्राष्ट्रिय धादिङ समाजको चौथो महाधिवेशनका अवसरमा सम्मानित भएका छन्। धादिङबेँसीमा शनिबार आयोजित महाधिवेशनमा पत्रकारितामार्फत समाजमा पुर्याएको योगदानको कदर गर्दै खतिवडालाई सम्मान गरिएको हो।
अन्तर्राष्ट्रिय धादिङ समाजको आयोजनामा भएको महाधिवेशनमा शिक्षा तथा साहित्य, स्वास्थ्य र पत्रकारितालगायत विभिन्न क्षेत्रमा योगदान पुर्याएका व्यक्तित्वहरूलाई सम्मान गरेको छ।
समाजले सत्य, तथ्य र निष्पक्षताका साथ जनसरोकारका विषयहरू उजागर गर्दै पत्रकारिता क्षेत्रमार्फत समाजलाई जवाफदेही बनाउन पुर्याएको उच्च योगदानको कदर गर्दै खतिवडालाई सम्मान गरेको समाजले जनाएको छ ।
यसैगरी, शिक्षा तथा साहित्यतर्फ डा. नवराज लम्साल, डा. बलदेव अधिकारी र हेरम्बराज कंडेल सम्मानित भएका छन् भने स्वास्थ्य क्षेत्रबाट प्रा.डा. दीपक रेग्मी लगायत सम्मानित भएका छन् ।


प्रतिक्रिया दिनुहोस्