काठमाडौं । आईसीसी क्रिकेट विश्वकप लिग–२ अन्तर्गत नेपालले ओमानसामु २८१ रनको लक्ष्य प्रस्तुत गरेको छ ।
ओमानमा जारी त्रिदेशीय शृङ्खलाअन्तर्गतको खेलमा नेपालले पहिले ब्याटिङ गर्दै ५० ओभरमा सबै विकेट गुमाएर २८० रन बनाएको हो । अब ओमानले जितका लागि २८१ रन बनाउनुपर्नेछ ।
नेपालका लागि रोहित पौडेल, दिपेन्द्र सिंह ऐरी र देव खनालले अर्धशतक बनाए । पौडेलले ८० रन, ऐरीले ६९ र खनालले ५७ रन बनाए ।
यस्तै करन केसीले ७ बलमा १७ बनाउँदा इशान पाण्डेले २९ रन जोडे ।
जारी शृङ्खलामा नेपालले सुरुआती दुई खेलमा लगातार जित निकालेको थियो । नेपालले पहिलो खेलमा क्यानडा र दोस्रो खेलमा ओमानलाई पराजित गरेको थियो ।
तर, तेस्रो खेलमा क्यानडासँग २४ रनले पराजित भएपछि नेपालको शीर्ष ६ मा पुग्ने यात्रामा दबाब थपिएको छ ।


प्रतिक्रिया दिनुहोस्