तस्विर: दाने बोहरा/ नेपाल न्यूज बैंक
हिमाली जिल्ला हुम्लाको उत्तरी क्षेत्रमा हिमपात भएको छ। शुक्रबार दिउँसोदेखि नाम्खा गाउँपालिका–५ र ६ अन्तर्गत पर्ने हिल्सा, यारी र लिमी क्षेत्रमा हिमपात भएको हो। हिमपातसँगै उत्तरी हुम्लाका हिमाली बस्तीहरू सेताम्मे बनेका छन्। हिमपातका कारण चिसोसमेत बढेको छ।


प्रतिक्रिया दिनुहोस्