Skip to content

एनपिएल फाइनलको टिकट केही मिनेटमै ‘सोल्डआउट’, एकैसाथ दुई लाख प्रयोगकर्ताले टिकट किन्न खोजे

nmb bank inside

एनपिएल फाइनलको टिकट केही मिनेटमै ‘सोल्डआउट’, एकैसाथ दुई लाख प्रयोगकर्ताले टिकट किन्न खोजे

काठमाडौं । नेपाल क्रिकेट सङ्घ (क्यान) ले नेपाल प्रिमियर लिग (एनपिएल) को फाइनल खेलको टिकट बिक्री खुला भएको केही मिनेटमै सम्पूर्ण टिकट बिक्री (सोल्डआउट) भएको जानकारी गराएको छ ।

क्यानका सचिव पारस खड्काले शुक्रबार जानकारी दिदैँ भोलि (शनिबार) हुने फाइनल खेलका लागि टिकट बिक्री खुला गरिएको समयमा करिब दुई लाख प्रयोगकर्ताहरूले एकैसाथ टिकट खरिद गर्न खोजेको बताए । तर, क्रिकेट मैदानको क्षमताअनुसार टिकटको उपलब्धता सीमित भएका कारण बिक्री खुला भएको केही मिनेटमै सबै टिकट सकिएको क्यानले स्पष्ट पारेको छ ।

नेपाली क्रिकेट र नेपाल प्रिमियर लिगप्रति दर्शकहरूले देखाएको अपार माया, साथ र उत्साहप्रति क्यानले हार्दिक कृतज्ञता व्यक्त गरेको छ । साथै, टिकट नपाउँदा दर्शक वर्गमा पर्न गएको असुविधाप्रति सङ्घले क्षमायाचनासमेत गरेको छ ।

टिकट लिन नसक्नुहुने समर्थकहरूलाई अनलाइन एवं आधिकारिक प्लेटफर्महरूमार्फत सिद्धार्थ बैङ्क नेपाल प्रिमियर लिग हेरेर सहयोग गरिदिन क्यानले हार्दिक अनुरोध गरेको छ ।

यस संस्करणको एनपिएलको उपाधिका लागि शनिबार लुम्बिनी लायन्स र सुदूरपश्चिम रोयल्सबीच प्रतिस्पर्धा हुँदै छ ।

dish home inside

Arrow प्रतिक्रिया दिनुहोस्