Skip to content

बादलमाथि बसेको दुल्लु बजार, प्रकृतिको अनुपम दृश्य (फोटो, भिडियो)

nmb bank inside

बादलमाथि बसेको दुल्लु बजार, प्रकृतिको अनुपम दृश्य (फोटो, भिडियो)

बिनोद भाट, नेपाल न्यूज बैंक

दैलेख । बादलमाथिको बजारजस्तै देखिन्छ दैलेखको दुल्लु । बिहानपख दुल्लु बजारभन्दा तलसम्म फैलिएको बाक्लो सेतो कुहिरोले ठूलठूला डाँडाकाँडा र पहाडलाई ढाक्दा समुद्रमाथि तैरिरहेको बादलको दृश्य देखिन्छ । बादलको सेतो घुम्टोमाथि बसेको दुल्लु बजार र वरिपरिका हरियाली डाँडाकाँडाले यहाँको प्राकृतिक सौन्दर्यलाई थप मनमोहक बनाएका छन । चिसो सिरेटोसँगै बिस्तारै उदाउने घामका सुनौला किरणले बादलको समुद्रलाई चम्काउँदा लाग्छ, मानौँ प्रकृतिले नै दुल्लुलाई विशेष सजाएको छ । तल बादलको विशाल फाँट र माथि बस्ती तथा बजार देखिने यो मनोरम दृश्यले दैलेखको दुल्लुलाई प्रकृतिप्रेमी र घुमफिरका पारखीका लागि आकर्षक गन्तव्यका रूपमा चिनाउँछ ।

dish home inside

Arrow प्रतिक्रिया दिनुहोस्