Skip to content
nabil bank inside

प्रधानमन्त्री दाहाल युगाण्डाबाट स्वदेश फिर्ता

nmb bank inside

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ स्वदेश फर्किएका छन् । युगाण्डामा आयोजित असंलग्न राष्ट्रहरूको आन्दोलनको १९औँ शिखर सम्मेलनमा सहभागी भएर प्रधानमन्त्री आइतबार बिहान स्वदेश फर्किएका हुन् ।

नेपाली समयानुसार युगाण्डाबाट प्रधानमन्त्री आइतबार बिहान पौने ३ बजे कतारको दोहा अवतरण गरेका थिए । उनी बिहान सवा ९ बजे त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा अवतरण गरेका हुन् ।

प्रधानमन्त्री दाहाल १९औँ शिखर सम्मेलनमा भाग लिन गत बुधबार युगाण्डाको राजधानी कम्पाला पुगेका थिए ।

dish home inside

arrow प्रतिक्रिया दिनुहोस्