काठमाडौँ । बालिकालाई वेश्यावृत्तिमा लगाउने खाजाघर सञ्चालक पक्राउ परेका छन् । बालिकालाई विभिन्न किसिमको प्रलोभनमा पारी वेश्यावृत्तिमा लगाउने कार्यमा संलग्न रहेको अभियोगमा एक जना खाजा घरका सञ्चालक पक्राउ परेका हुन् ।
पक्राउ पर्नेमा काठमाडौँ गोकर्णेश्वर नगरपालिका-५ शिवचोकस्थित कालिञ्चोक स्टाफ होटल तथा खाजाघरका सञ्चालक उदयपुर बेलका नगरपालिका-५ ठेगाना भएका ३८ वर्षीय हिरन राई रहेका छन् । केन्द्रीय प्रहरी प्रवक्ता तथा प्रहरी नायब महानिरीक्षक भीमप्रसाद ढकालका अनुसार खाजाघरमा बालिकालाई वेश्यावृत्तिमा लगाउने गरेको भन्ने सूचनाका आधारमा मानव बेचबिखन अनुसन्धान ब्यूरोबाट खटिएको प्रहरीले राईलाई मंगलबार पक्राउ गरी बिहीबार सार्वजनिक गरेको हो ।
सो स्थानबाट नाबालिकासहित दुई जनालाई प्रहरीले उद्धार गरेको हो । साथै, पक्राउ परेका राईउपर मानव बेचबिखन तथा ओसारपसार मुद्दामा जिल्ला अदालत काठमाडौँबाट सात दिन म्याद थप अनुमति लिइएको प्रवक्ता ढकालको भनाइ छ । उक्त विषयमा थप आवश्यक अनुसन्धान गर्नुका साथै घटनामा संलग्न अन्य अभियुक्तकोसमेत प्रहरीले खोजी गरिरहेको छ ।
Bullion Market
Vegetable Price
Forex Rate
NEPSE
Bank Interest (Loan)
Bank Interest (Deposit)
Preeti to Unicode


प्रतिक्रिया दिनुहोस्