काठमाडौँ । नेपाल राष्ट्र बैंकले (आज) बिहीबारका लागि विदेशी मुद्राको विनिमय दर सार्वजनिक गरेको छ । बैंकले सार्वजनिक गरेको विनिमय दरअनुसार आज अमेरिकी डलर एकको खरिद दर १ सय ३२ रुपैयाँ ७६ पैसा र बिक्री दर १ सय ३३ रुपैयाँ ३६ पैसा रहेको छ ।
यस्तै, युरो एकको खरिद दर १ सय ४३ रुपैयाँ मुल्य ९३ पैसा र बिक्री दर १ सय ४४ रुपैयाँ ५८ पैसा रहेको छ । आज बेलायती पाउण्ड एकको खरिद दर १ सय ६८ रुपैयाँ ५६ पैसा र बिक्री दर १ सय ६९ रुपैयाँ ३२ पैसा रहेको छ ।