काठमाडौँ । गण्डकी प्रदेशका प्रदेश प्रमुख डिल्लीराज भट्टले परीक्षा प्रणालीको गुणस्तरीयतालाई कायम राख्दै गण्डकी लोकसेवा आयोगप्रतिको जनविश्वास टुट्न दिन नहुने बताएका छन् । प्रदेश लोकसेवा आयोग गण्डकी प्रदेशको तेस्रो वार्षिकोत्सवको आइतबार उद्घाटन गर्दै उनले यस्तो बताएका हुन् ।
प्रदेश प्रमुख भट्टले आयोगले आफ्नो गरिमालाई कायम राख्दै नेपालको संविधान र प्रचलित कानुनभित्र रहेर आफ्ना गतिविधि प्रभावकारीरुपमा अगाडि बढाउन सुझाव दिएका छन् । ‘लोकसेवा आयोगले आफ्नो योग्यता, निष्पक्षता र स्वच्छता आजका मितिसम्म पनि कायमै राख्न सफल भएकामा त्यसप्रति धन्यवाद व्यक्त गर्छु, अबका दिनमा पनि आयोग अझ बढी प्रभावकारीरुपमा अगाडि बढ्नुपर्छ’, प्रदेश प्रमुख भट्टले भने, ‘आयोगमा राजनीतिक हस्तक्षेप हुन दिनु हुँदैन ।’
गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले निष्पक्षताको विश्वासिलो संस्था लोकसेवा मात्र रहेको बताउँदै आयोगले आफ्ना कामकारबाही दुर्त गतिमा अगाडि बढाउनुपर्नेमा जोड दिएका छन् । नेपालको शैक्षिक जनशक्ति रोजगारीका लागि विदेशीनेक्रम अत्याधिक भएका कारण रिक्त पदको आयोगले छिटो परीक्षा सञ्चालन गरी उनीहरुलाई नेपालमा नै बस्ने वातावरण सिर्जना गर्नुपर्ने उनले जनाएका छन् ।
नेपाली जनताले राजनीतिक परिवर्तनका लागि पटकपटक लड्नुपर्ने अवस्था सिर्जना हुँदा देशमा राजनीतिक स्थिरता आउन नसकेको प्रतिचिन्ता व्यक्त गरेका छन् । त्यहाँका राजनीतिक दलले मुलुकलाई कसरी राजनीतिक स्थिरतातर्फ लैजान सकिन्छ भन्नेतर्फ ध्यान दिन जरुरी भएको उनको भनाइ छ ।
Bullion Market
Vegetable Price
Forex Rate
NEPSE
Bank Interest (Loan)
Bank Interest (Deposit)
Preeti to Unicode


प्रतिक्रिया दिनुहोस्